दोहोरो नागरिकता लिएर व्यवसाय गर्ने सोमेशविरुद्ध गृह मन्त्रालयमा उजुरी


काठमाडौं– भारतीय नागरिक सोमेशकुमार सिंहका विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । सिंहले झुटो विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र लिएर नेपालमा गैरकानुनी रुपमा व्यावासाय गरेर बसेको खुले पछि उनीमाथि उजुरी परेको हो ।

उजुरीमा विहार, हाजीपुर वैशालीका व्यापारी सिंहले वीरगञ्ज–७ वाट नेपाली नागरिकता लिएर गैरकाननुी रुपमा व्यावसाय गरेको र नेपाली मुद्राको अवैध कारोवार गरिरहेको उल्लेख गरिएको छ । उनीविरुद्ध गृह मन्त्रालयसहित केन्द्रीय अनुसन्धान व्युरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरकारी निकायमा उजुरी परेको छ । अहमदवादस्थित क्याडिला फर्मास्युटिकल लिमिटेड, भारतको आधिकारिक विक्रेताका रुपमा रहेको सिंहले वीरगञ्जमा केन्द्रीय कार्यालय राखेर आर्थिक कारोवार गरिरहेको उजुरीमा उल्लेख गरिएको छ ।

उजुरी अनुसार २०५४ साल चैत २८ गते भारतीय दुतावास, लैनचौरमा आफनो नाम दर्ता गरी औपचारिक रुपमा नेपाल छिरेका सिंहले त्यसको केही बर्षमा नै बिरगञ्ज–७ को ठेगानवाट गत २०६३ चैत १२ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको उजुरीमा उल्लेख छ । ‘जन्मको आधार’ उल्लेख गरेर सिंहलाई सो नागरिकताको प्रमाणपत्र नागरिकता टोली प्रमुख राजकुमार अधिकारीले दिएको उल्लेख गर्दै गृह मन्त्रालयमा पेश गरिएको उजुरीमा उल्लेख छ ।

उजुरी अनुसार किशोरकुमार सिंहका छोरा सोमेश कुमारले हाजिपुर, बैशाली बिहारवाट मतदान गर्न पाउने गरी बिआर ०८÷०४५÷०७२०९७ नम्बरको भारतीय मतदाता परिचय पत्र मात्रै बोकेका छैनन्, भारतीय राहदानी नम्बर २२६४१२४ बोकेर देश बिदेश यात्रा गर्ने गरेको पनि उजुरीमा उल्लेख गरिएको छ ।

नेपाली नागरिकताको आधारमा यातायात बिभागवाट ०२–०५–००४११४६६ नम्बरको सवारी चालक अनुमति पत्र लिएको भन्दै गृह मन्त्रालयमा गत पुस १६ गते विजयकुमार उपाध्यायतले उजुरी परे पछि मन्त्रालयले कारवाही प्रक्रियासमेत अघि बढाईएको छ ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सिंहविरुद्धको उजुरीलाई छानबिन गर्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिईसकेको बताएका छन् । ‘मन्त्रालयमा सोमेश कुमारले दोहोरो नागरिकता लिएर गैरकानुनी रुपमा व्यावसायसमेत गरेको भन्ने उजुरी परे पछि त्यसको थप छानबिन गर्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरिसकेका छौं,’ प्रवक्ता बुढाले भने, ‘उहाँको नागरिकताका बारेमा सिआईवीले पनि छानबिन गरिरहेको भन्ने रिर्पोट मन्त्रालयमा आईपुगेको छ, छानबिन पछि दोषी भए कारवाही गरिनेछ ।’ उनका अनुसार सिंहको दोहोरो नागरिकताका बारेमा पर्सा, जिल्ला प्रशासन कार्यालयले छानबिन प्रक्रियासमेत अघि बढाई सकेको छ ।

गत पुस १६ गते उजुरी परे लगत्तै मन्त्रालयका प्रवक्ता बुढाले भाईवरमार्फत सो उजुरी पर्साका प्रजिअ अश्मान तामाङलाई पठाई दिएका थिए । ‘उहाँ (सोमेशकुमार) ले दोहोरो नागरिकता लिएको भन्ने उजुरी आए लगत्तै छानविन प्रक्रिया अघि बढाई सकिएको छ,’ प्रजिअ तामाङले भने, ‘गृह मन्त्रालयवाट सिधै निर्देशन आएको र प्रमाणसमेत पेश भएको अवस्थामा उहाँको भारतमा के कस्ता सरकारी कागजात छन, त्यसका बारेमा जानकारी लिने क्रम सुरु भएको छ ।’ उनका अनुसार सोमेशकुमारले भारत–नेपाल दुवैवाट दोहोरो नागरिकता लिएको र गैरकानुनी रुपमा व्यावासाय गरेको प्रमाणित भएमा नागरिकता ऐन अनुसार कारवाही गरिने छ ।

भारतीय मतदाता हेल्पलाईनमा उल्लेख भए अनुसार सिंहले एमएनक्यु १४६३३४८ एपिक नम्बरवाट हाजिपुर–१२३ एसम्बेली कन्सिटन्युसीमार्फत मतदान गर्दै आएको उजुरीमा प्रमाणको रुपमा उल्लेख गरिएको छ । उक्त मतदाता परिचय पत्र अनुसार पार्ट नम्बर २६ अन्तर्गत पथ निमार्ण कार्यालय हाजिपुर,दक्षिणी भाग कर्मसंखीय–०२ मतदान केन्द्रमा सोमेशकुमारले मत खसाल्दै आएका छन ।

त्यसो त, नेपालस्थित भारतीय दुतावासले पनि सिंहलाई ‘सर्टीफिकेट अफ रजिष्ट्रेशन एज ईन्डियन नेशनल’ भन्दै २०५४ चैत १८ गते आफनो नागरिक भएको प्रमाणपत्र दिदैैँ प्रतिरक्षा गर्न प्रमाण पत्र दिएको उजुरीमा संलग्न कागजमा उल्लेख गरिएको छ ।

त्यसो त गैरकानुनी रुपमा नेपाली नागरिकता लिएर नेपालमा औषधी आयातको व्यवासाय गरिरहेका सोमेशकुमारले भारतमा जन्म भएकी श्रीमती मिना सिंहलाई आफनो नागरिकतामार्फत बैबाहिक अङ्गिकृत नागरिकता प्रदान गराएको रहस्य पनि खुलेको छ ।

२०६९ साल जेठ १६ गते प्रशाशकीय अधिकृत सुकदेव लम्सालले श्रीमती मिनालाई बैबाहिक अङ्गिकृत नागरिकता दिलाए पछि श्रीमती सिंहले ‘लाईफ केयर सप्लायर्स प्राईभेट लिमिटेड’ नामक व्यापारिक संस्था खोली भारतवाट नेपालमा औषधीजन्य वस्तु आयात गरी करोडौंको कारोवार गर्दै आईरहेको उजुरीमा उल्लेख गरिएको छ । साझेदार प्रदिप खण्डेलवालका छोरा राहुल खण्डेलवालसँग मिलेर भारतवाट औषधी आयात गरी अबैध रुपमा नेपाली मुद्रा बिदेश पठाउने गरेको अनुसन्धान व्युरोमा उजुरी परे पछि आर्थिक पाटोका बारेमा पनि छानबिन सुरु भएभएको हो ।

‘दोहोरो नागरिकता लिएको बिषयमा बिरगञ्जमा भनाभन हुदाँ एकपटक बिहारवाट गुन्डाहरु ल्याएर पेस्तोल देखाई तर्साउने काम सोमेशले गरेका थिए,’ उनी निकट एक आफान्तले भने, ‘नेपाली नागरिकता लिएर अबैध कारोवार गर्ने र गुन्डागर्दी गर्ने काम अहिले पनि गरिरहेका छन तर कारवाही कसैले गरिरहेको छैन् ।’ त्यसो त, उनको ‘गुन्डागर्दी’ वारेमा पर्सास्थित बिभिन्न पत्रपत्रिकाले लेखेको भए पनि पक्राउ गरी कारवाही नगरिएको आफान्तजनको गुनासो छ ।

अख्तियार र अनुसन्धान व्युरोमा उजुरी परे पछि उनको आर्थिक स्रोतलगायत यसअघि परेको उजुरीका बारेमा गम्भिरतापुर्वक व्यरोले छानबिन सुरु गरेको बुझिन आएको छ । ‘दोहोरो नागरिकता लिई गैरकानुनी रुपमा व्यावसाय सञ्चालन गर्दै गैरकानुनी रुपमा व्यावसाय सञ्चालन गर्दै गैर कानुनी रुपमा नेपाली मुद्रालाई भारतमा निर्यात गर्ने भारतीय नागरिक सोमेस सिंह र मिना सिंहलाई कारवाही गरिपाऊँ’ भन्दै बिजयकुमार उपाध्यायले गृह, केन्द्रीय अनुसन्धान व्युरो र अख्तियारमासमेत उजुरी दिएका छन ।

गृहका प्रवक्ता बुढाले दोहोरो नागरिकता र आर्थिक अनुशाषन उलङघन गरेको प्रमाणित भएका दुवै खाले कारवाही सिंहलाई गरिनेछ । उजुरीका बारेमा सिंहलाई सम्पर्क गरी जानकारी लिन खोज्दा केही बताउन चाहेनन् ।

प्रतिक्रिया