ओलीको स्वास्थ्यमा समस्या


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।

ओलीको सचिवालयका अनुसार उनको दाँतमा समस्या देखिएको हो। चुनावी व्यस्तताका कारण उपचारका लागि नगएका ओलीलाई समस्या बढ्दै गएपछि मंगलबार अस्पताल गएको ओलीको सचिवालयले जनाएको छ।

स्वास्थ्य समस्या भएकै कारण ओली मंगलबार मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी भएका थिएनन्। दिउँसो उनी संसद बैठकमा पनि अनुपस्थित थिए।

प्रतिक्रिया