

काठमाडौंमा बालेनको अग्रता बढ्दो, स्थापित ६ हजार मतले पछि

काठमाडाैं – काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले १२ हजार ८७७ मत पाएका छन् ।
उनले स्थापित भन्दा ५ हजार ९ सय ९९ मतले अग्रता लिइरहेका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६८७८ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ६१०१ मत पाएकी छन् ।

