

विकल्प नहुँदा जनताले एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन् – डा. भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
‘समग्र समीक्षा हुँदैगर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्न सकिन्छ(जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् !,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
सत्तामा शुन्यता होला भन्ने डरले मात्र जनताले उठेका मतदातालाई मत दिएको दाबी उनले गरेका छन् । जनतासँग विकल्प नहुँदा यस्तो अवस्था सृजना भएको उनले जनाएका छन् ।
‘नो भोटको प्राबधान नहुँदा र सत्तामा शुन्यता हुनसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् ! दुःखद कुरा विकल्प पनि छैन !’, उनले भनेका छन् ।
समग्र समीक्षा हुॅदैगर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्नसकिन्छ-जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्!नो भोटको प्राबधान नहुॅदा र सत्तामा शुन्यता हुननसक्ने हुॅदा पहिले एउटा खराबले जितेको ठाउॅमा(भक्तपुर बाहेक)अहिले अर्को खराबलाई वा नयाॅ व्यक्तिलाई हाल्दैछन्!दुखद कुरा विकल्प पनि छैन!
— Baburam Bhattarai (@brb1954) May 17, 2022
७५३ स्थानीय तहमा भएको निर्वाचनमा डा. भट्टराईको पार्टी जसपाले हालसम्म मात्र ३ पालिकाको प्रमुख जित्न सफल भएको छ ।

