विप्लव समूहका प्रवक्ता विकको वडामा माओवादी विजयी


वीरेन्द्रनगर – नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को वडामा माओवादी केन्द्र विजयी भएको छ ।

प्रवक्ता विकको गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका-६ मा माओवादी केन्द्रका पौरम विक विजय भएका हुन् ।

विकले ३३६ मत ल्याएर विजयी भएका हुन् । विप्लव समूहका कट विक (अखडा) ले २२१ मत ल्याएका थिए । कालिकोटका ९ वटै स्थानीय तह र ८२ वडामा नै विप्लव समूहले उम्मेदवारी दिएको थियो ।

प्रतिक्रिया