
हेटाैँडामा राप्रपाका उम्मेदवार अगाडि
काठमाडाैँ- स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत हेटौंडामा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन्। पछिल्लो २२८५० मो मतपरिणाम अनुसार सिंहले ८२६५ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ८०६७ मत प्राप्त गरेकी छिन्।लामा सिंह भन्दा १९८ मतले पछाडी रहेकी छिन।
त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको ६५२१ मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ११७९१ मत ल्याउँदा एमालेका सुमित्रा काफ्लेले ८०३३ मत ल्याएकी छन् । राप्रपाका इन्दिरा डल्लाकोटीले २०१० मत मात्र प्राप्त गरेकी छन् ।



कागजपत्र |
