
काठमाडौंमा बालेनको लगातार अग्रता, स्थापितभन्दा दोब्बर मतले अघि
काठमाडौं – काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तर बनाउँदै लगेका छन् ।
पछिल्लो मतगणनाको तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवार बालेनले ६८८६ मत ल्याएका छन् ।
उनका प्रतिस्पर्धि एमालेका केशव स्थापितले ३ हजार ४१३ मत ल्याएका छन् । पछिल्लो तथ्यांकअनुसार बालेन स्थापित भन्दा आइतबार साँझ ५ बजेसम्मको गणना अनुसार स्थापित बालेनभन्दा ३ हजार ४७४ मतले पछि छन् ।
यस्तै पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले ३ हजार ९ मत प्राप्त गरेकी छिन् ।



कागजपत्र |
