पूर्वमन्त्री पद्मा अर्यालका पति पौडेल वडा सदस्यमा पराजित


काठमाडौं – नेकपा (एमाले)की नेत्री एवं पूर्वमन्त्री पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१ को वडा सदस्यमा लडेका पौडेल पराजित भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।

वालिङ नगरपालिका–१ मा नेपाली कांग्रेसका उमेदवार पदमराज गुरुङ नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । वडाध्यक्षका उमेदवार पदमराजले एमालेका वडाध्यक्षका उमेदवार गिरमान गुरुङको प्यानललाई पराजित गरेका हुन् ।

गिरमानको प्यानलबाट वडा सदस्यमा लक्ष्मीपति पराजित हुँदा कांग्रेसका २२ वर्षीय युवा उमेदवार सम्भव अर्याल निर्वाचित भएका छन् ।

प्रतिक्रिया