सप्तरीको डाक्नेश्वरीमा मतदान स्थगित, जेठ १ गते पुनः मतदान


सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ मा मतदान स्थगित भएको छ।

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा एक समूहले मतपेटिका तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको हो।

२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा एक्कासी केही व्यक्तिले तोडफोड र कर्मचारीमाथि कुटपिट शुरु गरेका थिए। उनीहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन्।

निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।

प्रतिक्रिया