बैतडीमा भोट हाल्न स्टेचरमा लगिएका वृद्धको मृत्यु


बैतडी – बैतडीमा भोट हाल्नका लागि स्टेचरमा राखेर मतदान केन्द्र लगिएका एक वृद्धको मृत्यु भएको छ ।

पाटन नगरपालिका-६, पाटनमा भोट हाल्न पुर्‍याइएका टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार स्टेचरमा बोकेर विष्टलाई कृष्ण मध्यमिक विद्यालय मतदान केन्द्रमा पुर्‍याइएको थियो ।

मतदानस्थलमा पुर्‍याइएपछि उनी त्यहीँ बेहोस भएका थिए । उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया