सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा झडप, मतदान रोकियो


सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ स्थित धुस्कुनमा झडप भएको छ । झडपपछि मतदान रोकिएको छ । मतदान केन्द्रमा खाजा ल्याएको निहुँमा भएको विवादका कारण मतदान नै रोकिएको छ ।

कांग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको विवादका कारण अहिले उक्त धुस्कुनको मतदान रोकिएको हाे।त्रिपुरासुन्दरी गाउँपालिकाको स्थानीय धुस्कुनको महेन्द्र प्रताप माध्यमिक विद्यालयमा भइरहेको मतदान बिथोलिएको हो ।

उक्त मतदानस्थल स्थल भित्रै मम, जुसजस्ता खाजा दलका उम्मेदवारलाई नल्याउन सुरक्षाकर्मीले अनुरोध गरेका थिए । सोही बहानामा झडप भएपछि अहिले निर्वाचन रोकिएको छ ।

एक घण्टादेखि राेकिएकाे निर्वाचन पुन: गराउने विषयमा सहमतिकाे प्रयास भइरहेकाे त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार मतदान कार्यलाई नराेक्ने र आजै सम्पन्न गर्ने विषयमा करीब सहमति नजिक पुगे पनि पुनः मतदान भने शुरु भएकाे छैन ।

प्रतिक्रिया