धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या आएपछी आकस्मिक अवतरण


काठमाडौं – काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा विभिन्न एयरलाइन्स जहज आकासमा होल्ड भएका छन् ।

प्रतिक्रिया