उम्मेदवारको निधन भएपछि तुलसीपुरमा नयाँ निर्वाचन कार्यतालिका


दाङ-दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै छ। एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए।

तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा मतदान हुने छ। अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भइसकेको छ। तर, तुलसीपुर–१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुने छ।

प्रतिक्रिया