

मंगलबार रातिदेखि रसुवागढी नाका बन्द हुने

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सोमबार सूचना जारी गर्दै मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द हुने जानकारी दिए ।
स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिन लागिएको उनको भनाइ छ ।

