
डिआईजी लामालाई एआईजीमा बढुवा सिफारिस
काठमाडौं – नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक (डिआईजी) बसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
गृहमन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले लामालाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मात्र बढुवा गरिएको हो ।




कागजपत्र |
