रेणु दाहालको भाषणले दंग भएको छु : माधव नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेणु दाहालको खुलेरै प्रशंसा गरेका छन् ।

चितवनमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै नेपालले रेणु दाहालको भाषण सुनेर आफू दंगदास भएको बताए ।

‘पहिलो कुरा म रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने । रेणु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको बताए ।

 

प्रतिक्रिया