
शेयरबजारमा लगातार पहिरो, ३७ अंकले घट्यो नेप्से
काठमाडौं – साताको अन्तिम दिन बिहीबार शेयर बजारमा ३७ अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३७.०६ अंकले घट्दै २२३८.६२ विन्दुमा झरेको छ ।
त्यस्तै यस दिन सेन्सेटिभ परिसूचक ४।३४ अंकले घट्दै ४३२।५५ विन्दुमा झरेको छ । बिहीवार कुल २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । यस दिन घलेम्दी हाइड्रो लिमिटेडको शेयरमूल्य ६.८६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा बिहीवार सबैभन्दा धेरै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ करोड ४५ लाख ८७ हजार २ सय ३२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।



कागजपत्र |
