
भरतपुरको विकास ‘कास्टिङ’ हो, अब ‘फिलिम’ देख्नुहुनेछः रेणु दाहाल
चितवन — अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनबाट चितवन महानगरपालिकाका मेयर पदकी उम्मेदवार रहेकी रेनु दाहालले आप्mनो जित सुनिश्चित रहेको बताएकी छन्। गठबन्धनद्वारा आयोजित पहिलो संयुक्त चुनावी सभामा सम्बोधन गर्दै निवर्तमान नगरप्रमुख दाहालले आफूले विगत ५ वर्षमा गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै आगामी कार्यकालमा बाँकी रहेका काम पूरा गर्ने दाबी गर्ने बताएकी छिन् ।
उनले आफूले गरेका विकासका कामको वर्णन गर्दै अहिले विकासको ‘कास्टिङ’ मात्र भएको बताउँदै आगामी ५ वर्षमा पूरा ‘फिलिम’ नै देखिने बताइन् । उनले आगामी कार्यकालमा भरतपुरलाई मुलुककै नमूना सहर बनाउने दाबी गर्दै स्मार्ट सिटिको अवधारणा अगाडि सारेको पनि बताइन् ।
उनले आगामी निर्वाचनमा पनि गत निर्वाचनमा जस्तै गठबन्धनका उम्मेदवारले जित हात पार्ने बताइन् । उनले भनिन्, ‘हाम्रो जित सुनिश्चित छ, केपी ओली प्रवृत्तिलाई मतबाटै परास्त गर्नुपर्नेछ।’
उनले चुनाव जितेमा आफू गठबन्धनको साझा मेयर भएर काम गर्ने बताउँदै गठबन्धनलाई दीगो रूपमा लैजाने पनि बताएकी थिइन् ।



कागजपत्र |
