तस्बिरमा भरतपुर आमसभाका सहभागीहरू…


चितवन – सत्तागठबन्धनले आजदेखि संयुक्त चुनावी सभाको आयोजना गरेको छ । गठबन्धनले चितवनको भरतपुरमहानगरमा पहिलो चुनावी सभाको आयोजना गर्दै देशभरका विभिन्न स्थानका लागि घोषित आमसभाको सुरुवात गरेको छ ।

सभामा सत्ता गठबन्धनका शीर्ष नेताहरु उपस्थित भएका छन् । सभामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार बिहान ११ बजेका लागि गर्ने भनिएको आमसभामा बुधबार राती परेको वर्षाका कारण अस्तव्यस्त भएपछि केही समयपछि सरेको थियो ।

 

प्रतिक्रिया