कैलालीमा १५ वर्षीया किशोरी बलात्कृत


कैलाली – कैलालीमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–१ नयाँबस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउदलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

साउदले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया