नवनियुक्त भारतीय सेनाध्यक्ष पांडेलाई प्रधानसेनापति शर्माद्वारा नेपाल भ्रमणको निम्तो


काठमाडौं । प्रधानसेनापति महाराथी प्रभुराम शर्माले नवनियुक्त भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज श्री पांडेलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

पांडे भारतीय स्थल सेनाध्यक्ष नियुक्त भएकोमा प्रधान सेनापति शर्माले बुधबार भिडियो कन्फरेन्स मार्फत हार्दिक बधाई ज्ञापन व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल भ्रमणको निम्ता दिएका हुन् ।

प्रधान सेनपाति शर्माले नेपाल भ्रमणका लागि गर्नु भएको निमन्त्रणालाई स्वीकार गरी, आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने पांडेले विश्वास दिलाउनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भारतीय स्थलसेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी हुने प्रचलन छ ।

सो अवसरमा भारतीय सेनाध्यक्ष पांडेले दुई सेनाबीचको पारस्परिक सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए । वार्तालापका क्रममा प्रधानसेनापति महारथी शर्माले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग, उनको कार्यकालमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया