पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्ने शेखर कोइरालाको चेतावनी


काठमाडौं –  नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन्।

मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताएका हुन्। उनले पार्टीले गरेको निणय नमान्नेलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् । सुन्दरहरैंचाका कतिपय वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उम्मेदवार प्रस्तुत भएको बताउँदै यस्ता उम्मेदवारलाई पार्टीले कारबाही गर्ने बताए।

‘नेपाली काँग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उम्मेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ। उनले भने, ‘जो ती उम्मेदवारको पछि लाग्छन् उनीहरूलाई पनि नोटिसमा राख्नुपर्छ।’

नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। ‘टिकट कसले पायो के गर्‍यो छोड्नुस्, अब हामीले रुख चिन्हलाई विजयी गराउन तर्फ लाग्ने हो।’

प्रतिक्रिया