देशभर थप २० जनामा कोरोना पुष्टी, २७ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा गत २४ घन्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोग शालामा गरिएको ३ हजार २२२ नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २७ जना संक्रमणमुक्त भएका छन् भने कुनै पनि संक्रमितले कोरोनाकै कारण ज्यान गुमाएका छैनन् ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २९ हजार ५ सय ७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यससँगै अहिले देशभर २२१ सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.

 

प्रतिक्रिया