
कांग्रेस त्यागेर राप्रपाबाट वडाध्यक्ष पदमा उम्मेदवार बन्दा ज्यान मार्ने धम्की
कांग्रेस- नेपाली कांग्रेस छाडेर राप्रपाका तर्फबाट गोकर्णेश्वर-५ का वडाध्यक्ष पदमा उम्मेदवार बनेका सन्तोष अर्याललाई ज्यान मार्ने धम्की आएको छ। परिचित व्यक्तिबाट हत्याको धम्की आएको भन्दै राप्रपाले स्थानीय प्रशासनलाई जानकारी गराएको छ।
राप्रपामा प्रवक्ता मोहन श्रेष्ठले शनिबार जारी गरेको विज्ञप्तिमा कांग्रेस हराउन हिँडेको भन्दै वडाध्यक्षका उम्मेदवार अर्याललाई मार्ने धम्की आएको उल्लेख छ। घटनाप्रति दुःख व्यक्त गर्दै उनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिका साथै राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेस परित्याग गरी राप्रपाको तर्फबाट वडा अध्यक्ष बनेका गोकर्णेश्वर–५ का वडा अध्यक्षका उमेदवारलाई कांग्रेस बताउने समूहले ज्यान मार्ने धम्की दिएछ। कांग्रेस समेतले लडेर ल्याएको लोकतन्त्रमा नागरिकले आफूलाई मन परेको विचार अवलम्बन गर्न पाउँछ भन्ने कांग्रेसले चाहिँ कहिले बुझ्छ होला?’




कागजपत्र |
