
कांग्रेस प्रवक्ता र महामन्त्री नै आधिकारिक उम्मेदवारविरुद्ध
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारबिरुद्ध नलाग्न र स्वतन्त्र उम्मेदवारी नदिन आग्रह गरिरहँदा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र वागमति प्रदेशका महामन्त्री राजु श्रेष्ठ भनो आधिकारिक उम्मेदवारबिरुद्ध लागेका छन् ।
कांग्रेसको वागमति प्रदेश समितिले काठमाडौं जिल्लाको टोखा नगरपालिकाको प्रमुखमा युवा नेतृ रजनी थापा र उपप्रमुखमा मुरारी तामाङलाई टिकट दिए बमोजिम नै दुवैले उमेदवारी दर्ता गराएका थिए । तर, पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो निकट सम्वन्ध भएको दाबी गर्दै प्रवक्ता डा. महत समेत थापालाई उम्मेदवारी फिर्ता गर्न दबाब दिन थालेका छन् ।
बागमति प्रदेशका सभापति इन्द्रबानियाँको हस्ताक्षरसहितको पार्टीको निकट लिएर नगर प्रमुखमा उम्मेदवारी दिएकी थापालाई उम्मेदवारी फिर्ता गर्न प्रवक्ता महत मात्रै होइन, प्रदेशका महामन्त्री श्रेष्ठ पनि थापालाई उम्मेदवारी फिर्ता गराउनको लागि दबाब दिइरहेका छन् ।
प्रदेश महामन्त्री श्रेष्ठले मनिष जोशीलाई टोखा नगरमा पार्टीको तर्फबाट उम्मेदवार प्रमुखमा उम्मेदवार बनाइएको भन्दै सभापति देउवाको हस्ताक्षर लिएर सोमबार टोखा नगरपालिकाको निर्वाचन आयोगको कार्यालयले कार्यालय समयपछि करिब साँझ ७ बजे जोशीको उमेदवारी दर्ता गराएका थिए ।
दुईजनाको उमेदवारी निर्वाचन आयोगले कसरी गर्यो भन्ने गम्भीर प्रश्न यतिवेला उठेको छ । पार्टीको आधिकारिक टिकट पाएर उम्मेदवारी दिएकै रजनीलाई पार्टीका पदाधिकारी र नेताहरुले समेत प्रधानमन्त्रीको आग्रह भन्दै बालुवाटारमा छलफलको लागि भनेर बोलाएर तनाव दिने गरेका छन् ।
डा.महत र श्रेष्ठले पार्टी सभापति देउवाको भावना बमोजिम भन्दै उमेदवारी फिर्ता लिन आग्रह गरेका छन् । तर, उनी टसको मस भएकी छैनन् । उनले ‘नगर प्रमुखमा उम्मेदवारी दिएका मनिष जोशी कांग्रेसको तर्फबाट उम्मेदवार हो भने म चाहीँ कसको उम्मेदवार हो ?’ भनी पश्न गरेकी छन् ।
थापाले उमेदवारी फिर्ता नलिने अडान राखेपछि प्रवक्ता महतले बिबाद मिलाउने भन्दै आफ्नो निवासमा थापालाई बोलाएका छन् । धेरै नेता–कार्यकर्ताको दबाबपछि महत निवासमा रजनीकै उमेदवारी कायम हुने भनेर नगरका नेताहरुले अडान लिएपछि पनी जोशीको दौडधुप कम नभएको स्थानीय कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।
रजनीको उमेदवारी फिर्ता भए टोखामा कांग्रेसको उपमेयरले पनि फिर्ता गर्ने भनेपछि महत र श्रेष्ठ हच्किएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा रजनी नगरपालिकाको उपप्रमुख उम्मेदवार हुँदा ५१ मतले पराजित भएकी थिइन ।
नगर प्रमुखमा उमेदवारी दर्ता गराएकी रजनी भने आफूलाई युवा भनेर परिपक्वता खोजिएको भन्दै आफूले अझै परिपक्वता देखाइरहेको बताइन । रजनीले पार्टी भित्र महिला र युवाले अवसर पाउन अझै पनि चुनौति र संघर्षको खाँचो रहेको बताइन् ।
नेपाल जेसिजदेखि लिएर धेरै सामाजिक संघ संस्थामा संलग्न थापाले रजनी सचेतना नेपाल फाउण्डेसनमार्फत शिक्षा, जनचेतना, स्वास्थ्य र जागरणको विषयमा प्रशिक्षण दिँदै आएकी छन् । उच्च शिक्षा हासिल गरेकी रजनीको लोकप्रियताबाट तर्सिएर बिबादित क्षविका राजु श्रेष्ठले उनीबिरुद्ध अभियान चालेको टोखाका क्रियाशिल कांग्रेसहरुले बताउने गरेका छन् ।



कागजपत्र |
