

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार २ अर्ब मात्रै

काठमाडौं – साताको दोस्रो दिन (सोमवार) शेयर बजारमा करीब ३५ अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १.४४ प्रतिशतले घट्दै सोमवार २ हजार २३८.०१ विन्दुमा झरेको हो ।
यस दिन ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ परिसूचक ६.१९ अंकले घट्दै ४५४.६९ विन्दुमा झरेको छ ।
कुल २ सय ३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
बैंकिङ १६, विकास बैंक ८६, फाइनान्स २६, जलविद्युत ५१, जीवन बीमा १९९, उत्पादन ५४, माइक्रोफाइनान्स ७६, निर्जीबन बीमा १५०, अन्य ४२ र ब्यापार उपसमूह ९ अंकले घटे । होटल तथा पर्यटन भने ४ अंक बढ्यो ।
यस दिन २७ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ६३ कम्पनीको भने घटेको छ । यस्तै ६ कम्पनीको शेयर मूल्य स्थीर देखिएको छ । जल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । सिद्धार्थ इक्वीटीको ४ प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्सको मूल्य ५.३ प्रतिशत घट्यो ।
यस दिन सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य ५.३३ प्रतिशतले घटेको छ । कम्पनीको प्रति कित्ता शेयर मूल्य ३५५ रुपैयाँ रहेको छ ।
कारोबार रकमका आधारमा सोमवार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८ करोड ११ लाख ९१ हजार ८२४ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कम्पनीको प्रतिकित्ता शेयर मूल्य ४ सय २१ रुपैयाँ रहेको छ ।

