‘खल्ती’ मा माछापुच्छ्रे बैंकको खाता लिंक गर्दा बोनस


काठमाडौं –  खल्ती डिजिटल वालेटमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्ने सेवा उपलब्ध भएको छ । खल्ती र माछापुच्छ्रे बैंकबीचको यससम्बन्धी साझेदारी भएको हो ।

यस सेवा सुचारु भएलगत्तै ‘खल्ती’ सँग पहिलोपटक बैंक लिंकका रुपमा माछापुच्छ्रे बैंक लिंक गर्ने सबै प्रयोगकर्ताले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने छन् । यसका साथै एकजना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन पनि जित्न सक्नेछन् ।

दुवै बोनस र स्मार्टफोन आफ्नो माछापुच्छ्रे बैंकको खाता खल्तीमा पहिलो पटक लिंक गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ । बैंक लिंक गर्न प्रयोगकर्ताले आफ्नो केवाईसी भने भेरिफाई गरेको हुनुपर्छ ।

एकपटक प्रयोगकर्ताले बैंकलाई लिंक गरेपछि यसमार्फत वालेट लोड नगरी केही ट्यापमै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ र अन्य उपलब्ध सेवाजस्ता बिलहरुको प्रत्यक्ष भुक्तानी गर्न सकिनेछ । यस प्रकारका सेवाले समय बचतका साथ–साथै भुक्तानी सहज पनि बनाउँछ ।

प्रतिक्रिया