प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से, ६ हजार ३२३ कित्ता शेयर खरिदबिक्री


काठमाडौं –  साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।  आइतबार ९५.५२ अंक बढेर २४२०.९७ विन्दुमा बन्द भएको थियो ।

नेप्से, यस दिन सो सेसनमा २.७७ अंक बढेर २४२३.७४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ३७ स्टकको २४ लाख ७४ हजार ५२३ रुपैयाँ ४० पैसा बराबरको ६ हजार ३२३ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये २९ वटा स्टकको मूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ । यस्तै, २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया