

निर्वाचन आयोगले गर्यो १३ दलको समानुपातिक बन्दसूची संशोधन

काठमाडौं – निर्वाचन आयोगले आइतबार अपरान्हसम्म विभिन्न दलले पेश गरेको समानुपातिक प्रणालीतर्फको बन्दसूची संशोधन गर्ने निर्णय गरेको छ ।
उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पेश गरेको बन्दसूचीबाट नाम हटाउन अनुरोध गरेकाले आयोगले ती नाम हटाएको हो ।
समानुपातिकको बन्दसूचीमा रहेकाहरुको नाम नहटाएसम्म उनीहरु स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन पाउँदैनन् । समानुपातिक सूचीमा रहेका तर स्थानीय तहमा उम्मेद्वारी दिन रुचि देखाएकाहरुका लागि दलहरुले बन्दसूचीबाट नाम हटाइदिन निर्वाचन आयोगमा अनुरोध गरेका थिए ।

