कालिका लघुवित्तको कर्जा लगानी ३ अर्ब ९० करोड, नाफा ११ करोड १८ लाख


काठमाडौं–  कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  वित्तीय विवरणअनुसार चुक्तापुँजी ३१ करोड २८ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म १ अर्ब ८५ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत वर्षको यही अवधिमा संस्थाले १ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाले ११ करोड १८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा ८६.१४ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म संस्थाले ६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १०४६.५६ प्रतिशतले बढेर ८ करोड ३५ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ७२ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ४.९७ प्रतिशतले बढेर २१ करोड ९५ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २० करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४७.६७ रुपैयाँ, पीई रेसियो २७.४८ गुणा, प्रतिसेयर नेटवर्थ १६७.७३ र तरलता अनुपात १२.२२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया