मेयरको टिकट नपाएपछि कांग्रेस छाडी जसपा प्रवेश


सिद्धार्थनगर – रुपन्देहीको सिद्धार्थनगरका कांग्रेस नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

सिद्धार्थनगर नगरपालिकाको मेयर पदका दाबेदार रहेका यादवले टिकट नपाएपछि असन्तुष्ट हुँदै २ दिनअघि पार्टी परित्यागको घोषणा गरेका थिए ।

यादवले कांग्रेसमा व्यक्तिवाद हाबी भएको, पुराना त्यागी नेताहरूलाई बेवास्ता गरी नवप्रवेशीलाई अवसर दिने परिपाटी विकास भएकाले पार्टी परित्याग गरेको बताए ।

 

प्रतिक्रिया