पेप्सीकोलामा रोकिराखेको जीपमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु


काठमाडौं – पेप्सीकोलामा रोकिराखेको जीपमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गए राति करिब पौने १० बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा३९प ५१८० नम्बरको मोटरसाइकल सडकछेउमा रोकिराखेको बा२१च ८८९५ नम्बरको जीपमा ठोक्किएपछि भएको दुर्घटनामा परी मोटरसाइकल चालक कालीकोट घर भई कोटेश्वर बस्दै आएको २० वर्षीय धर्मेन्द्र बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय जगदीश शाहीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जीप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया