कांग्रेसको निर्वाचन परिचालन उपसमितिमा संयोजक तोकिए (सूचीसहित)


काठमाडौं–नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरुमा संयोजक मनोनित भएका छन्। उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले उपसमितिहरुमा संयोजक तोकेका हुन्।

भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति संयोजकमा सुरेन्द्रराज पाण्डे, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा मीनबहादुर विश्वकर्मा, अनुगमन मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिमा प्रदीप पौडेल र शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिमा मदनबहादुर अमात्य संयोजक तोकिएका छन्।

यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा उदयशमसेर राणा, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा जितजंग बस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा रामहरि खतिवडा संयोजक तोकिएका छन्।

प्रतिक्रिया