आइपीएलमा चेन्नइको दोस्रो जित


काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा मुम्बइ इन्डियन्समाथि चेन्नइ सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।बिहीबार राति चेन्नइले दोस्रो जित निकाल्दा मुम्बइले भने सातौँ हार बेहोरेको छ ।

मुम्बइले दिएको १५६ रनको लक्ष्य चेन्नइले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २८ रन बनाए । आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बइमा ड्यानिल सामले सर्वाधिक ४ विकेट लिए ।

यसअघि मुम्बइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका तिलक वर्माले सर्वाधिक ५१ रन बनाए । सूर्यकुमार यादवले ३२ रन जोडे । चेन्नइमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए ।

सातौँ खेलसम्म जित निकाल्न नसकेको मुम्बइ तालिकाको पुछारमा छ । दोस्रो जित निकालेको चेन्नइ नवौँ स्थानमा छ ।

प्रतिक्रिया