हुँगीमा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर


पाल्पा- पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरूपमा सम्पूर्ण बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । काउन्टर शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्थानीयस्तरमा बैंक आएपछि आमनागरिक र स्थानीय सरकारलाई सहज हुने विश्वास व्यक्त गरे ।

उनले वृद्धभत्ता, अपाङ्ग महिला तथा बालबालिकाको सामाजिक सुरक्षा भत्ता, योजनाको भुक्तानी निकासा, उद्यमी कर्जा तथा निक्षेप संकलनका लागि सहज हुने बताए ।

नयाँ एक्सटेन्सन काउन्टर शुरू भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरूको संख्या ५१ पुगेको छ । मुलुकभर २ सय ८८ शाखा, २ सय ७५ शाखारहित बैंकिङ्ग सेवा, २ सय ५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया