भारतमा फेरि बढ्न थाल्यो कोरोना


काठमाडाैँ- भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः तिब्र रूपमा बढ्न थालेको छ। यो सँगै राजधानी नयाँ दिल्लीमा मास्क अनिवार्य गरिएको छ। दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो।

मास्क नलगाउनेलाई ५ सय भारू जरीवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण ९डीडीएमए०ले जनाएको छ। बुधबार दिल्लीमा एकै दिन १ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। यसअघि मंगलबार ६३२ जनामा कोरोना संक्रमण भएको थियो।

कोरोना संक्रमण बढे पनि तत्काललाई शैक्षिक संस्था बन्द गर्ने तथा सामाजिक जमघटमा प्रतिबन्ध लगाउनेलगायतका निर्णय हालसम्म भएको छैन। दिल्लीसँगै भारतका अधिकांश राज्यमा कोरोना संक्रमितको संख्या बढिरहेको छ।

पछिल्ला कही दिनयता दिल्लीमा संक्रमितको संख्या बढेको थियो। कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया