गठबन्धनबीच भागबण्डाको बैठकमा ‘लन्च ब्रेक’ !

दलहरुको आन्तरिक छलफलपछि निर्णय गर्ने भन्दै साँझ पुनः बस्ने


काठमाडौं – घोषित स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाको उम्मेदवार तय गर्ने प्रमुख लक्ष्यसहित बसेको सत्ता गठबन्धनको बैठकमा ‘लन्च ब्रेक’ लिइएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठक केही समयका लागि रोकिएको हो ।

गठबन्धनका शीर्ष नेता र गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको संयूक्त बैठक चुनावी तालमेलका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा अहिलेसम्म गठबन्धन दलहरुबीच महानगर र उपमहानगरमा भागबण्डाको विषयमा छलफल भएको र अब केही समय दलहरुले आन्तरिक छलफल गरेर अन्तिम रुप दिने तयारी गरिएको पनि ती सहभागीले बताए ।

आन्तरिक छलफलपछि अन्तिम स्वरुप दिनका लागि बैठक आजै साँझ पुनः बस्ने पनि जनाइएको छ ।

प्रतिक्रिया