ग्लोबल आइएमई लघुवितले गर्‍यो २० करोड ४८ लाख खुद नाफा आर्जन


काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।  गत वर्षको यही अवधिसम्मको तुलनामा ३.१९ प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म संस्थाले २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि २०.०५ प्रतिशतले बढेर ३२ करोड ५१ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा २५ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३२.५८ प्रतिशतले बढेर ४३ करोड ३९ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३२ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

चुक्तापुँजी ५५ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म ४ अर्ब ५८ करोड रुपैयाँ सापटी लिई ८ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले ३ अर्ब २३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ८७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

प्रतिक्रिया