रुसले आणविक हतियार प्रयोग गर्न सक्छ : राष्ट्रपति जेलेन्स्की


किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आणविक हतियार प्रयोग गर्न सक्ने बताएका छन् ।
रुससँगको द्वन्द्वबीच राष्ट्रपति जेलेन्स्कीको पछिल्लो भनाई आएको हो ।  ‘रुसले यो गर्न सक्थ्यो, मेरो मतलब तिनीहरूले गर्न सक्छन्’, जेलेन्स्कीले भने, ‘संसारका सबै’ चिन्तित हुनुपर्छ ।

राष्ट्रपति पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि हमला सुरु गरेको केही दिनपछि नै आफ्ना आणविक सेनालाई अलर्टमा राखेका थिए । जेलेन्स्कीले अगाडि भने, ‘उनीहरूले रासायनिक हतियारहरू प्रयोग गर्न सक्थे । तिनीहरूका लागि जनताको जीवन केही होइन ।’

प्रतिक्रिया