अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारको निर्णय


काठमाडौं –  नेपाल सरकारले ओकरिकी सरकारको संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

२०७८ चैत ३० गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय आज (शुक्रबार) सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलिडन डलर बराबरको अनुदान सहायता स्वकिार गर्ने पनर्णय भएको जानकारी दिए ।

त्यसैगरी विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्तासमेत रहेका कार्कीले दुई दिन बिदा दिने निर्णय भई नसकेको बताए ।

प्रतिक्रिया