माओवादी केन्द्रिय कार्यालयको विस्तारित बैठक खुमलटारमा सम्पन्न  


काठमाडौं – आसन्न स्थानिय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बिचमा हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्नेछ ।

‘गठबन्धनका आवद्ध दलका बिचमा केन्द्रमा भएका सहमति र स्थानिय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भईरहेको छ,’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने ।

विहान ८ देखि १० बजेसम्म अध्यक्ष निवास खुमलटारमा उपलब्ध पुर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुको विस्तारित बैठक बसी स्थानीय तह निर्वाचनको तयारीको अवस्था र पार्टीले लिने रणनीतिका विषयमा छलफल भएको मल्ले बताए ।

प्रतिक्रिया