एमाले अध्यक्ष ओली आज लमजुङ जाँदै


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज लमजुङ जाँदै छन्।

लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रमका लागि ओली आज लमजुङ जान लागेका हुन्। अध्यक्ष ओलीले बिहान ११ बजे घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए।

घलेगाउँ पर्यटकहरुको रोजाईमा पर्ने गाउँ मध्ये एक नमुना गाउँ हो। यो गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लै उपस्थिती हुनेगर्छ। गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घलेगाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित भइसकेको छ। घलेगाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ।

प्रतिक्रिया