नयाँ वर्षमा शेखर कोइरालाको शुभकामना : हामीलाई अब विभाजन हुने छुट छैन, कांग्रेस एक भएर चुनावमा जानुपर्छ


काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एकताबद्ध हुन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन्।

नयाँ वर्ष २०७९ को शुभकामना सन्देशमा कोइरालाले विगतजस्तो विभाजित भएर चुनावमा जाने छुट पार्टीमा कसैलाई नभएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन। हाम्रा विरोधीहरू बलिया छन् र संगठित पनि। तसर्थ हामी एक हौँ भन्ने सन्देश हामो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ।’

 

 

प्रतिक्रिया