आईपीएलः चेन्नईको पहिलो जित, बेंग्लोर पराजित
काठमाडाैँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि २३ रनको जित हात पारेको छ। मंगलबार पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१६ रनको विशाल लक्ष्य खडा गरेको थियो।