चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडाैँ- आउँदै गरेको वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्र सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले आज (बुधबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा बस्नेछ।

बैठकमा सहभागिताका लागि कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे, जीवन परियार छन्।

अन्य सदस्यमा नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिप छिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना छन्।

प्रतिक्रिया