

आईपीएलः गुजरात टाइटन्सको पहिलो हार, हैदराबादकाे दोस्रो जित

काठमाडाैँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा गुजरात टाइटन्स सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको छ। सोमबारको खेलमा पहिला ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनायो। गुजरातका लागि हार्दिक पाण्ड्याले अविजित ५० रन बनाए।

