प्रदेश र जिल्लालाई कांग्रेसको निर्देशन: उम्मेदवार सिफारिस गर्दा रकम नमाग्नू


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उम्मेदवार सिफारिसमा रकम नमाग्न निर्देशन दिएको छ ।

आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको गृहकार्य गरिरहेको नेपाली कांग्रेसले विभिन्न व्यक्तिहरुले उम्मेदवार सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने सूचनाका आधारमा उक्त निर्देशन दिएको जनाएको छ ।

मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनाअनुसार नेपाली कांग्रेस, जिल्ला, प्रदेशका साथै क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्य समितिहरुले सदस्यता शुल्क तथा लेबी बाँकी भए तुरुन्त उठाउन निर्देशन दिँदै उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले कुनै पनि रकम नउठाउन निर्देशन दिएको हो ।

No description available.

 

प्रतिक्रिया