
गभर्नर निलम्बनको निर्णय निन्दनीय, तत्काल सच्याऊ : कमल थापा
काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन गर्ने सरकारको निर्णयको निन्दा गरेका छन् ।
मुलुकको अर्थतन्त्रबारे गलत अफवाह फैलाएको र गम्भीर सूचना चुहाएको भन्दै मन्त्रिपरिषद्ले छानबिन समिति गठन गरेको छ भने अर्थ मन्त्रालयले अधिकारीलाई हिजो(शुक्रबार) निलम्बन पत्र थमाएको छ।
यसमा टिप्पणी गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले निर्णयलाई अदूरदर्शी, गैर जिम्मेवार र निन्दनीय भनेका छन् ।
‘अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैङ्कको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी, गैर जिम्मेवार र निन्दनीय छ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शि, गैरजिम्मेवार र निन्दनीय छ।यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको छ।यो निर्णय तत्काल सच्याउनु राम्रो हुन्छ।प्रम @SherBDeuba को ध्यान जाओस्।
— Kamal Thapa (@KTnepal) April 8, 2022



कागजपत्र |
