कोरोनाको सबैभन्दा खतरनाक भेरियन्ट XE भारतमा पहिलोपटक भेटियो


काठमाडाैँ- विश्वका धेरै देशमा फेरि एकपटक कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। विशेष गरी चीन र युरोपका धेरै भागमा दैनिक संक्रमण दर उच्च देखिएकाे छ।

स्वास्थ्य विज्ञहरूका अनुसार यी देशमा धेरैजसो संक्रमण ओमिक्रोनको सब-भेरिएन्ट BA.2 (स्टेल्थ ओमिक्रोन) का कारण हुने गरेका छन्, जुन ओमिक्रोनको मूल भेरिएन्ट भन्दा बढी संक्रामक मानिन्छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का वैज्ञानिकहरूले आफ्नो हालैको रिपोर्टमा कोरोनाको नयाँ उदीयमान खतरा  XE भेरिएन्टबारे मानिसहरूलाई सचेत गराएको छ। प्रारम्भिक अध्ययनमा यो अहिलेसम्मकै सबैभन्दा संक्रामक भेरिएन्ट ठानिएको छ।

डब्ल्यूएचओले आफ्नो रिपोर्टमा यो अत्यधिक संक्रामक बेलायतका धेरै स्थानमा देखिएको जनाएको छ। प्रारम्भिक संकेतले यो स्टिल्थ ओमिक्रोन भन्दा १० गुणा बढी संक्रामक हुन सक्ने देखाएको छ। कोरोनाबारे सबै देशले विशेष सावधानी अपनाउन आवश्यक छ, किनभने यसको फैलावट तीव्र रूपमा देखिएको छ, यो चिन्ताजनक छ।

आउनुहोस् XE भेरिएन्टबारे केही महत्त्वपूर्ण तथ्य जानौं।

दुइटा ओमिक्रोन स्ट्रेनको संयोजन
नयाँ XE भेरिएन्टलाई ध्ज्इ को रिपोर्टमा हाइब्रिड भेरिएन्ट भनिएको छ। यो BA.1 र BA.2  संयोजनबाट बनेको भेरिएन्ट हो। यो रिकोम्बिनेन्ट भेरिएन्टलाई ठूलो चुनौतीका रूपमा हेरिएको छ। डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको डेल्टाक्रोन पनि अध्ययनमा बढी संक्रामक र घातक भएको पाइएको छ।

दुई भेरिएन्टको संयोजन कति खतरनाक?
प्रारम्भिक अनुसन्धानले ह्भ् भेरिएन्ट बढी संक्रामक भएको देखाएको छ। तर वैज्ञानिकहरू दुई भेरिएन्टको संयोजन चिन्ताको विषय नभएको ठान्छन्। युके हेल्थ सेक्युरिटी एजेन्सीका प्रमुख चिकित्सा सल्लाहकार डाक्टर सुसान हप्किन्स भन्छिन्–  कोरोना भाइरसको कुनै पनि भेरिएन्ट अन्य भेरिएन्टसँग संयोजक हुनु ठूलो चिन्ताको विषय होइन। तर यसलाई हल्का रूपमा पनि लिन हुँदैन।

भेरिएन्ट अफ कन्सर्नका आधारमा वर्गीकरण
डब्ल्यूएचओले आफ्नो प्रतिवेदनमा यो सम्भावित नयाँ खतरालाई भेरिएन्ट अफ कन्सर्न भनेर वर्गीकरण गरेको छ। यस भेरिएन्टको प्रकृति र सङ्क्रमण दरबारे जबसम्म अनुसन्धानबाट विस्तृत जानकारी आउँदैन तबसम्म यसलाई ओमिक्रोनकै एक भेरिएन्टका रूपमा हेरिएको विज्ञहरू बताउँछन्।

XE​ भेरिएन्टको केस पहिलोपटक १९ जनवरी २०२२ मा पुष्टि भएको थियो। बेलायतमा हालसम्म यसबाट संक्रमितको संख्या ६५० भन्दा बढी पु्गेको छ।

यसको संक्रामकता धेरै उच्च हुन्छ?
वैज्ञानिकहरूले XE भेरिएन्टको प्रकृति जान्न अध्ययन गरिरहेका छन्। तर प्रारम्भिक अनुसन्धानमा आधामा डा सुसान हप्किन्स भन्छिन्, ‘यो नयाँ भेरिएन्टको वृद्धि दर तुलनात्मक रूपमा उच्च देखिन्छ। तर यसले संक्रमण कत्तिको छिटो फैलिन्छ भन्ने थाहा पावउन आगामी अनुसन्धान नतिजा कुर्नुपर्ने हुन्छ। यसको संक्रमण दर र गम्भीरताबारे निष्कर्ष निकाल्न हालका प्रमाण पर्याप्त छैनन्।’

खोपले तपाईंलाई सुरक्षा दिनेछ
XE प्रकारको प्रकृतिलाई ध्यानमा राख्दै वैज्ञानिकहरूले खोपमा जोड दिन सुझाव दिएका छन्। यस प्रकारको संक्रमण रोक्न र फैलिन नदिन खोप ठूलो हतियार साबित हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

खोप अभियानलाई तीव्रता दिएर यसको फैलावट नियन्त्रण गर्न सकिन्छ। दुई डोजवाला खोपले तपाईंलाई गम्भीर रोगबाट बचाउन धेरै हदसम्म मद्दत गर्न सक्छ। ह्भ् भेरिएन्टका लागि बुस्टर डोज पनि आवश्यक छ कि? यो कुरा भने थप अनुसन्धानले स्पष्ट पार्नेछ।

प्रतिक्रिया