ट्वीटरको निर्देशक बन्दै एलन मस्क, महत्वपूर्ण परिवर्तन ल्याउने वाचा


काठमाडौं – सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कलाई कम्पनीको निर्देशक बोर्डमा मनोनित गर्ने गर्ने भएको छ। मंगलबार कम्पनीले एक सूचना जारी गर्दै मस्कलाई बोर्डमा ल्याउन लागिएको जानकारी दिएको हो। कम्पनीको नीति तथा योजना निर्माणको काम बोर्डले गर्ने गर्छ।

मस्क ९.२ प्रतिशत स्वामित्वसहित ट्वीटरको सबैभन्दा ठूलो सेयरधनी हुन् । म स्कले यसअघि नै ट्वीटरमा महत्वपूर्ण परिवर्तन ल्याउने बताइसकेका छन्। मस्कले ट्वीटरको करिब ३ अर्ब डलरबराबरको सेयर खरिद गरेका हुन्। ट्वीटरको प्रमुख सेयरधनी बनेसँगै मस्कले यस्तो घोषणा गरेका हुन्।

ट्वीटरले आगामी महिनादेखि ‘ एडिट फिचर’ को आन्तरिक परीक्षण पनि सुरु गर्ने भएको छ । हालै मात्र मस्कले ट्वीटर पोलमार्फत ‘ एडिट फिचर चाहिन्छ कि चाहिँदैन ?’ भनेर आफ्ना फालोअर्सहरुलाई प्रश्न गरेका थिए । यद्दपि, ट्वीटरले भने मस्कको पोलका कारण नभई गत वर्षदेखि नै  एडिट फिचर थप गर्नका लागि काम भइरहेको जानकारी गराएको छ ।

मस्कले ट्वीटरको ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका छन् । मस्कले गत साता एक ट्वीटमार्फत ट्वीटरले अभिव्यक्ति स्वतन्त्रता कायम गर्न नसकेको भन्दै नयाँ सामाजिक सञ्जाल प्लेटर्फम निर्माण गर्न गम्भीर रुपमा विचार गरिरहेको जानकारी गराएका थिए ।

यद्दपि, त्यसको दुई साता नहुँदै मस्क ट्वीटरको सञ्चालक समितिमा प्रवेश गरेका हुन् । ट्वीटरको निर्देशक बोर्डको सदस्य बनेसँगै अब मस्कले कम्पनीको १४.९ प्रतिशत भन्दा धेरै साधारण शेयर शेयर खरीद गर्न पाउने छैनन् ।

टरका सिइओ पराग अग्रवालले मस्कको मनोनयनका बारेमा ट्वीट गर्दै भनेका छन्– एलन मस्कलाई हाम्रो बोर्डमा मनोनयन गर्न गैरहेको कुरा बताउन पाउँदा हामी उत्साहित छौं । उनी धैर्यवान विश्वासकर्ता र प्रदत्त सेवाका विषयमा कठोर आलोचक पनि हुुन् जसको हामीलाई ट्वीटरमा खाँचो छ । यसले हामीलाई दीर्घकालमा झनै बलियो बनाउनेछ ।

पराग अग्रवालको ट्वीटको जवाफमा एलन मस्कले पनि ट्वीट गरेका छन् । जसमा उनले लेखेका छन्-  आगामी महिनाहरुमा ट्वीटरमा उल्लेख्य सुधार गर्नका लागि पराग र ट्वीटर बोर्डमा सँगै रहेर काम गर्ने प्रतिक्षामा छु ।

प्रतिक्रिया